
काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलल जितेको छ । आइतबार मोरक्कोमा सम्पन्न फाइनलमा आयोजक मोरक्कोलाई १–० ले पराजित गर्दै सेनेगलले उपाधि जितेको हो ।
खेल अन्त्यतिर अत्यन्तै विवादास्पद अवस्था सिर्जना भयो । इन्जुरी समयमा मोरक्कोलाई पेनाल्टी दिइएपछि आक्रोशित सेनेगाली समर्थकहरू मैदानमा प्रवेश गर्न खोज्दा खेल रोक्ने अवस्थामा पुग्यो । त्यसको केही क्षण अघि सेनेगलले गरेको स्पष्ट गोल अमान्य गरिएको थियो । यसले तनाव झन् चर्कियो । मैदानमा सुरक्षाकर्मी र समर्थकबीच झडप भयो भने मोरक्कोका वैकल्पिक खेलाडीहरूसँग सेनेगलका खेलाडीबीच पनि विवाद चर्कियो । सेनेगलका प्रशिक्षक पापे थियावले खेलाडीहरूलाई मैदान बाहिर लैजाँदा खेल रद्द हुने आशंका समेत उत्पन्न भएको थियो ।
यसैबीच अनुभवी फ्रेन्च प्रशिक्षक क्लोदले रोयले साइडलाइनमा मानेसँग कुरा गर्दै खेल पुनः सुरु गर्नु टिमका लागि राम्रो हुने सल्लाह दिएका थिए । मानेले त्यसमा सहमति जनाउँदै आफ्ना सहकर्मीहरूलाई मैदान फर्कन संकेत गरे ।
१४ मिनेटको ढिलाइपछि मोरक्कोले पेनाल्टी प्रहार गर्यो । तर, सेनेगलका गोलकिपर एडुआर्ड मेन्डीले ब्राहिम डियाजको कमजोर प्रहार सजिलै बचाए । खेल अतिरिक्त समयमा प्रवेश गर्यो । अतिरिक्त समयको चौथो मिनेटमै पापे गेयेले सानदार प्रहार गर्दै सेनेगललाई ऐतिहासिक जित दिलाए । खेलभरि माने मोरक्कोको रक्षापंक्तिका लागि निरन्तर खतरा बने । उनलाई रोक्न प्रायः तीनभन्दा बढी रक्षक चाहिन्थ्यो । निलम्बित कप्तान कालिदु कुलिबालीको अनुपस्थितिमा मानेले टोलीको नेतृत्व गरे । उनले अहिलेसम्म ६ अफ्रिका कप खेलेका छन् र दुई पटक उपाधि जितिसकेका छन् ।













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि