
काठमाडौं । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ ।
टी–२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन् । जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ । पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । लिग चरणमा नेपालले कुवेतलाई हराउँदा फाइनलमा भने कुवेतले नेपाललाई हराएको थियो ।
आजको खेल जित्ने टोली सुपर सिक्समा पुग्ने लगभग निश्चित नै हुनेछ । नेपाललाई कुवेतले हराइसकेको भएकाले कमजोर आँक्न भने उपयुक्त हुँदैन । ९ टोली सहभागी रहने यस प्रतियोगिताबाट ३ टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट काट्ने छन् ।
यस पटक टी–२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट संरचना केही फरक छ । एसिया मात्र नभएर इस्ट एसिया पेसिफिक (इएपी) समेत समावेश गरेर टी–२० विश्वकप एसिया एण्ड इएपी छनोटको नाममा आयोजना हुँदैछ ।
नेपालको सम्भावित ११ : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।













समाचार
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण
अमेरिकी आक्रमण भए निर्णायक जवाफ दिने तेहरानको चेतावनी
पुराणको रकमबाट घाट निर्माण
साढे १० लाख बढी कित्ता सेयर बिक्री गर्दै पञ्चकन्या पावर डेभलपमेन्ट
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी
नेष्डो समृद्ध लघुवित्तमा रोजारीको अवसर