
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘कोर क्याम्प’ को घोषणा गरेको छ । क्याम्पका लागि ५२ जना खेलाडीलाई चार टिम बनाएर कोर क्याम्प सञ्चालन गरिने भएको हो ।
नेपाल निलो, नेपाल हरियो, नेपाल रातो र नेपाल पहेँलो गरी चार वटा टिममा विभाजन गरिएको छ । टोलीमा १९ वर्षमुनिको राष्ट्रिय टोलीका खेलाडी पनि समावेश छन् । नेपाल निलोको कप्तानमा राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका रोहितकुमार पौडेल, नेपाल हरियोको कप्तानमा आसिफ शेख, नेपाल रातोको कप्तानमा सन्दीप लामिछाने र नेपाल पहेँलोको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।
माथिल्लो र तल्लो मूलपानी मैदानमा चार वटा टोलीका बीचमा अभ्यास खेल हुनेछ । क्याम्प आउँदो १३ गतेदेखि २० गतेसम्म राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछ । क्याम्पबाट स्कटल्यान्डमा हुने शृङ्खलाका लागि खेलाडी छनोट गरिने छ ।
विश्वकप लिग–२ आउँदो जुनमा स्कटल्यान्डमा आयोजना हुँदैछ । नेपाल १२ खेलमा ६ अङ्कसहित सातौं स्थानमा छ ।














समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात