
काठमाडौं । आईसीसी क्रिकेट लिग २ अन्तरगत युएई विरुद्धको खेलमा नेपालले रोमाञ्जक जित निकालेको छ । नेपालले युएईलाई ६ रनले पराजित गरेको हो ।
पानी परेपछि ३८ ओभरमा छारिएको खेलमा युएईलाई २५५ रनको लक्ष्य दिइएको थियो । ३८ ओभरमा युएईले ८ विकेट गुमाएर २४८ रन बनाएयो । उसका लागि मोहम्मद शाहदादले ६५ रन बनाए । त्यस्तै खुजाइमा तनवीर पनि ४९ रनको योगदान दिए । त्यस्तै हरप्रीत सिंह भाटियाले ४१ रन बनाए भने अक्षदीप नाथले ३६ रन बनाए ।
युएईलाई लक्ष्यमा पुग्नबाट रोक्नेक्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यसतै नन्दन यादब र सोमपाल कामीले समान २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलि नेपालले निर्धारीत ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । पानी परेपछि खेल ३८ ओभरमा झारिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन् । उनले टोलिका लागि १०० रनको पारी खेले ।
त्यस्तै ओपनर विनोद भण्डारीले पनि टोलिका लािग ५६ रनको अर्धसतक प्रहार गरे । गुल्सन झाले टोलिका लागि ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए । आजको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका अर्जुन कुमाले भने ११ रन मात्रै बनाए । युएईका लागि अजय कुमार र जुनेद सिद्धिकीले समान २ विकेट लिए । त्यस्तै हैदर अलीले एक विकेट लिए ।













समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश