
काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को जित निकालेको छ । ओल्ड ट्राफोर्डमा भएको खेलको पाँचौं मिनेटमा नै चेल्सी १० खेलाडीमा सिमित भयो। गोलरक्षक रॉबर्ट सांचेजलाई रेड कार्ड पाएका थिए ।
३०औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेस गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यो गोल उनको युनाइटेडका लागि एस सयौँ गोल हो । ६०औँ मिनेटमा केसेमीरो ले हेडमार्फत दोस्रो गोल थप्दै अन्तर २–० बनाए। तर केही बेरमै उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिनुप¥यो। त्यसपछि दुबै टोली १० खेलाडीमा सीमित भए ।
८०औँ मिनेटमा ट्रेवोह चालोबह ले हेडरमार्फत गोल फर्काए। त्यसपछि अन्तिम क्षणसम्म चेल्सीले बराबरी खोजे पनि युनाइटेडले खेललाई नियन्त्रणमा राख्दै जित निश्चित ग¥यो। युनाइटेड ७ अंकसहित दसौं स्थानमा उक्लिएको छ। ८ अंक जोडेको चेल्सी छैंटौं स्थानमा छ।
फुलहमको पुनरागमन जित
फुलहमले ब्रेन्टफोर्डमाथि ३–१ को जित दर्ता गरेको छ । खेलको २०औँ मिनेटमा मिकेल डाम्सगार्डले ब्रेन्टफोर्डका लागि अग्रता दिलाए । तर ३८औँ मिनेटमा एलेक्स आइओबी ले बराबरी गोल गर्दै फुलहमलाई खेलमा फर्काए ।
४० मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि फुलहमले पहिलो हाफमा २–१ को अग्रता लियो । ५० औं मिनेटमा ब्रेन्टफोर्डका इथन पिन्नक ले आत्मगोल गरेपछि फुलहम ३–१ ले विजयी भयो । ८ अंकसहित फुलहम आठौं स्थानमा छ। १७ औं स्थानमा रहेको ब्रेन्टफोर्डको ४ अंक छ ।













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि