
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि सुरु हुँदै छ । शृङ्खलाको पहिलो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल विहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्यान्ड शीर्ष २ मा भएका टोलीहरू हुन् । अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ । नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ । स्कटल्यान्डसँग नेपालले हालसम्म ५ ओडीआई खेल जित्दा ४ खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएका दुवै खेल नेपालले जितेको छ । यो शृङ्खला सुरु हुनुअघि स्कटल्यान्ड र अमेरिका नेपाल ए सँग दुई–दुई पटक पराजित भएका छन् । उक्त नतिजाले सिनियर टोलीलाई पनि जित निकाल्ने मनोबल बढ्नेछ भने चुनौती पनि रहनेछ ।
नेपाली क्रिकेट टोलीले गत साता घरेलु मैदानमा लिग २ को एउटा शृंङ्खला खेलेको थियो । ओमान र यूएईसँगको उक्त शृङ्खलामा ४ मध्ये ३ खेल नेपालले जितेको थियो ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, इशान पान्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल, सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी ।













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए