
कैलाली। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आइतबार कार्यक्रम आयोजना गरी खेलका माध्यमबाट सुदूरपश्चिमको पहिचान स्थापित गराउन योगदान पुर्याउने १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
परिषद्ले सबैलाई जनही ७० हजार रुपैयाँसहित दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको हो । बक्सिङका विष्णुबहादुर सिंह, बक्सिङकै डम्मरदत्त भट्ट, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका भरतबहादुर साउद, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सरस्वती भटराई, तेक्वान्दोकी निशा रावल, ब्याडमिन्टनका प्रिन्स दाहाल, पारा एथलेटिक्सका विक्रमबहादुर राना र पारा तेक्वान्दोका भरतसिंह महता सम्मानित भएका हुन् ।
उनीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना र परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले दोसल्ला, प्रशंसापत्र र नगदसहित सम्मान गरे ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय