बौद्धनाथ स्तूपमा आठौँ मणि मन्त्र जप तथा प्रणिधान पूजा जारी, भोली अन्तिम दिन

काठमाडौँको बौद्धनाथ स्तूप परिसरमा कार्तिक २ देखि ४ गतेसम्म आठौँ मणि मन्त्र जप तथा प्रणिधान पूजा भइरहेको छ । खेन्पो पेम छेरिङको प्रमुखतामा बौद्ध दर्शन विस्तार सेवा समाज, कपनको आयोजनामा पूजा भइरहेको हो ।

सर्वप्राणीको सुख, शान्ति र कल्याणको कामनासहित विभिन्न कारणले दिवंगत भएका प्राणीहरूको पुण्य तथा सुगतिको कामना गर्दै पूजा आयोजना गरिएको आयोजकले जनाएको छ । रसुवा तथा त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामनासमेत गरिनेछ ।

कार्तिक २, ३ र ४ गते अर्थात् अक्टोबर १९, २० र २१ मा सञ्चालन हुने पूजा प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म बौद्धनाथ स्तूपको ठूलो घण्टी परिसरमा हुनेछ । आयोजकले श्रद्धालुलाई सहभागी हुन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट