
काठमाडौं । बडादशैँका बेला सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा तीन दिनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । चाडपर्वमा सार्वजनिक यातायातको चाप र यात्रुको असुविधालाई ध्यानमा राख्दै आजदेखि दुईवटा बस सञ्चालनमा ल्याइएको हो ।
सशस्त्र प्रहरी बलका अनुसार दुवै बस बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् । पहिलो बस प्रधान कार्यालयबाट बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी र स्वयम्भू हुँदै चक्रपथ परिक्रमा गर्नेछ ।
त्यस्तै दोस्रो बस प्रधान कार्यालयबाट सीतापाइला हुँदै कलंकी, बल्खु, कोटेश्वर, महाराजगञ्ज, नयाँ बसपार्क र बालाजु भएर सञ्चालन हुनेछ ।
दशैँ मनाउन घर जाने तथा उपत्यकामै रहेका सर्वसाधारणलाई सार्वजनिक यातायातको सहज विकल्प उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो । निःशुल्क बस सेवाबाट यात्रुलाई चाडपर्वका बेला आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम