
विश्व शेर्पा संघको आइतवार बसेको कार्यसमिति बैठकले ६ बुँदे निर्णय गरेको छ । बैठक संघका अध्यक्ष थेण्डुप शेर्पाको अध्यक्षतामा बसेको थियो । बैठकमा संघका संस्थापक अध्यक्ष आङदोर्जी (एडी) शेर्पा पनि उपस्थित थिए । बैठकमा गत अक्टोबर ८ गते सम्पन्न विश्व शेर्पा दिवस कार्यक्रमको समीक्षा समेत गरियो ।
विश्व शेर्पा संघको आइतवार मंसिर २१ गते २०८२ मा बसेको कार्यसमिति बैठकको ६ बुँदे निर्णयहरु यसप्रकार छन् :–
१. गत अक्टोबर ८ तारिख विश्वभर सम्पन्न विश्व शेर्पा दिवस कार्यक्रमको समिक्षा ।
२. विश्व शेर्पा संघको मूख्य उद्देश्यहरु प्राप्तिको लागि सबै पदाधिकारी सदस्यहरुबाट लेभी सहयोग शुल्क प्रभावकारी रुपमा उठाउने ।
३ बिगत गरेका निर्णयहरु कार्यान्वयन गर्ने विषयलाई प्राथामिकता दिने ।
४. विश्व शेर्पा संघको भाषा, धर्म सस्कृति सम्बन्धी दस्ताबेजहरु प्रकाशन गर्न महासचिब आङ जाङ्बु शेर्पाको संयोजकत्वमा दस्ताबेज प्रकाशन समितिलाई पूर्णता ।
आठ सदस्यीय समिति यस्तो छः
१. संयोजकः आङ जाङ्बु शेर्पा (महासचिब )
२. सदस्यः आङ दोर्जी सोनाम शेर्पा (बेल्जियम)
३. सदस्यः रिन्जी लामा शेर्पा (बेलायत)
४. सदस्यः टी. टी. शेर्पा (सिक्किम, ईन्डिया)
५. सदस्यः दोर्जी पिनासा शेर्पा (डेन्जोङ, ईन्डिया)
६.. सदस्यः वाङगेल लामा ( डेनमार्क)
७.. सदस्यः दोर्ची शेर्पा (कोरिया)
८. सदस्यः आङ डोमा शेर्पा (नेपाल)
५ शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) ले अमेरिकामा शेर्पा संघ अमेरिकाको भवन खरिद गरिन लागेको र विश्व शेर्पा संघको उद्धेश्य पनि विश्वका शेर्पा संघ तथा किदुगहरु बिच एक अर्कामा सहयोग आदानप्रदान गरी समग्र शेर्पाहरुको हितको लागि बढ्ने रहेको हुँदा उक्त शेर्पा संघ अमेरिकाको भवन खरिदको लागि विश्वका सबै शेर्पा संघ तथा किदुगहरुसँग आर्थिक सहयोग लागि अपिल प्रस्ताब ।
६. नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा संचार समुह र शेर्पा कलाकार संघले शेर्पा भाषा कक्षा संचालन गर्न लागेको हुँदा २ महिनाको शिक्षक तलब माग पेश भए अनुसार शेर्पा खेन्पो तथा आचार्यहरुबाट शिक्षक छनौट गर्न सुझाब सहित ५० हजार रुपैयाँ दिने ।
संघका महासचिव आङ जाङ्बु शेर्पाले पछिल्ला निर्णयहरूले विश्वभरका शेर्पा समुदायलाई एकताको सूत्रमा बाँध्दै भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू