सोलखुम्बुको चुवाङ गोन्पामा पवित्र ‘मणि रिल्डुप’ पूजा आयोजना हुने

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ४ स्थित चुवाङ गोन्पामा पवित्र ‘मणि रिल्डुप’ विशेष पूजा आयोजना हुने भएको छ । गोन्पाले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार आगामी कात्तिक ९ गतेदेखि ११ गतेसम्म विभिन्न धार्मिक विधिहरू सञ्चालन गरिनेछ ।

तालिका अनुसार पहिलो दिन कात्तिक ९ गते ‘छेवाङ’ अर्थात् आयु अभिषेक प्रदान गरिनेछ । दोस्रो दिन कात्तिक १० गते परम्परागत धार्मिक नृत्य ‘छाम’ प्रदर्शन गरिनेछ भने अन्तिम दिन कात्तिक ११ गते ‘जिन्सा’ (होम अग्नि पूजा) सम्पन्न हुनेछ ।

गोन्पा प्रशासनले यस तीनदिने पवित्र धार्मिक अनुष्ठानमा सहभागी भई पुण्य लाभ लिनका लागि सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाइ निमन्त्रणा गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट