
काठमाडौं । चेल्सीले मंगलबार इङ्लिस लिग कपको क्वार्टरफाइनलमा तेस्रो डिभिजनको कार्डिफ सिटीलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। यो जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अलेहान्द्रो गार्नाचो र पेड्रो नेटो निर्णायक बने।
खेलपछि गार्नाचोले भने,‘कहिलेकाहीँ सुरुआतमा खेल्नुपर्छ, कहिलेकाहीँ बेन्चबाट आएर मद्दत गर्नुपर्छ। हामी यसबारे धेरै सोच्दैनौं, टोलीलाई सहयोग गर्नु नै हाम्रो लक्ष्य हो।’ चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले यो खेलमा दोस्रो दर्जाका धेरै खेलाडी उतारेका थिए। तर, दक्षिण वेल्समा सम्भावित हार टार्न दोस्रो हाफमा मुख्य टोलीका केही स्टार खेलाडी उतार्नुप¥यो।
दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेका गार्नाचोले ५७औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। कार्डिफको रक्षात्मक गल्तीको फाइदा उठाउँदै उनले कुनातिर तल्लो सट हानेर गोल गरेका थिए। गार्नाचो गत अगस्टमा म्यानचेस्टर युनाइटेडबाट चेल्सीमा आएका हुन्। ७५औं मिनेटमा डेभिड टर्नबुलले कार्डिफका लागि बराबरी गोल फर्काए। तर, सात मिनेटपछि नेटोले डिफ्लेक्ट भएको सटमार्फत चेल्सीलाई फेरि अगाडि बढाए। इन्जुरी समयमा गार्नाचोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।
प्रशिक्षक मारेस्काले सब्स्टिच्युटपछि ठूलो अन्तर देखिएको बताए। ‘दोस्रो हाफमा बलसँग हामी धेरै राम्रो भयौं,’ उनले भने। पछिल्ला पाँच वर्षमा तेस्रो पटक चेल्सी लिग कपको सेमिफाइनलमा पुगेको हो। मारेस्का आएपछि क्लबले युरोपा कन्फ्रेन्स लिग र क्लब विश्वकप जितिसकेको छ।
गत हप्ता क्लबभित्र समर्थन नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका मारेस्काका लागि यो जित महत्त्वपूर्ण रह्यो। चार खेल लगातार जितविहीन भएपछि चेल्सीले एभर्टनलाई २–० ले हराएको थियो र त्यसपछि यो कप जितले टोलीको मनोबल बढाएको छ। बुधबार म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डको सामना गर्नेछ भने फुलहाम डिफेन्डिङ च्याम्पियन न्युक्यासलसँग खेल्नेछ। क्वार्टरफाइनल चरण अर्को हप्ता आर्सनल र क्रिस्टल प्यालेसको खेलसँगै समाप्त हुनेछ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह