
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबनर दिउँसो भएको खेलमा टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिग अन्तर्गत त्रिपुरेह्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाईम्सले हाउण्ड्सलाई ७३-६८ ले हरायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा टाईम्सले पहिलो म्वाटरमा बनाएको १७-११ को अग्रता नै जितमा निर्णायक बन्यो । दोस्रो क्वाटर १९-१९ र चाैथो क्वाटर२०-२० मा सकिएको थियो भने तेस्रो क्वाटरमा हाउण्ड्सले १८-१७ ले आफ्नो पक्षमा पारेमो थियो । टाईम्सका श्रेयश बहादुर शाहले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको एमभिपी बने । टाईम्सको यो पहिलो जित हो । टाईम्स पहिलो खेलमै गोल्डेनगेटसँग पराजितभएको थियो ।
यस्तै बिहीबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट ईन्टरनेशनल क्लबलाई ९१-६७ ले पराजित गरेको थियो । आर्मीको यो लगातार दोस्रो जित हो भने गोल्डेनगेटको पहिलो हार हो ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि