
काठमाडौं । उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गरेको छ । लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको हो ।
यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेका फ्रान्स र नर्वे बीच यो खेल समूह विजेता बन्नका लागि निर्णायक थियो । जसमा फ्रान्सले नर्वेलाई पराजित गर्दै समूह चरणमा शतप्रतिशत जित हात पारेको हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो । २८ वर्षपछि विश्वकपमा फर्ककेो नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
फ्रान्सले अब समुह एफ वा जी मध्ये एकको तेस्रो हुने टोलीसँग खेल्नेछ । यस्तै नर्वेले समूह इ को उपविजेता आइभरी कोस्टसँग खेल्नेछ । अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा डेम्बेलेले पहिलो हाफको ३२ मिनेट भित्रै ह्याट्रिक पुरा गरेका थिए । नर्वेले आफ्ना गोल मेसिन एर्लिङ हालान्डलाई आजको खेलमा आराम दिएको थियो । अघिल्लो खेलमा पहिलो रोजाईँमा १० खेलाडी नै परिवर्तन गरेको नर्वेले फ्रान्सलाई टक्कर भने दिएको थियो । दोस्रो हाफमा नर्वेले पेनाल्टी पाएपनि गोल गर्न सकेन ।
डेम्बेलेले खेलको सातौं मिनेटमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि २० औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर डेम्बेलेले ३२ औं मिनेटका गोल गर्दै ह्याट्रिक पूरा गरे भने फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।
जारी विश्वकपमा भएको यो तेस्रो ह्याट्रिक हो । यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानडा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । डेम्बेले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने पनि तेस्रो खेलाडी हुन् । यसअघि जस्ट फोन्टेनले सन् १९५८ को विश्वकपमा २ र किलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा १ ह्याट्रिक गरेका थिए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम