
काठमाडौं । एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको हो ।
मलेसियाले दुवै हाफमा एक/एक गोल गर्यो । नेपालले यससँगै छनोटको तेस्रो चरण हारबाट शुरुआत गरेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् । अर्को खेलमा भिएतनामले लाओसलाई ५–० गोलले हराएको छ । अब जुनमा हुने छनोट खेलमा नेपालले लाओससँग र अर्को खेलमा भियतनाम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । यस पटकको छनोटमा एशियाका २४ टोलीलाई छ समूहमा विभाजित गरिएको छ ।
होम एण्ड अवे पद्धतीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । नेपाल र मलेसियाबीचको हिजोको खेल नेपालमा हुनुपर्ने भए पनि एशियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि खेल मलेसियामा भएको हो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह