
काठमाडौं । साउदी क्लब अल–नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले संयुक्त राज्य अमेरिकामा हुने क्लब विश्वकप खेल्ने आफ्नो योजना नभएको बताएका छन् । ४० वर्षीय रोनाल्डो आबद्द अल– नासर ३२ टिममा विस्तार गरिएको प्रतियोगितामा सहभागी हुनेछैन । उनले पनि यसअघि नै अल–नासर छाड्ने संकेत गरिसकेका छन् ।
रोनाल्डोले आफ्नो टोलीको सिजनको अन्तिम खेलपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो अध्याय सकियो । कथा? अझै लेखिँदै छ ।’ त्यसयता उनको भविष्यबारे अड्कलबाजी चुलिएको थियो । फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अल–नासर क्लब विश्वकप खेल्न अयोग्य भए पनि रोनाल्डोलाई अन्य ३२ क्लबबाट खेलाउन छलफल भइरहेको बताएका थिए ।
अल–नासरका खेलकुद निर्देशक फर्नान्डो हिएरो गत महिनादेखि नै रोनाल्डोसँग नयाँ सम्झौता गर्न वार्ता गरिरहेका छन् । तर, पाँच पटकको बालोन डि’ओर विजेतालाई अनुबन्ध गर्न धेरै क्लबले इच्छा व्यक्त गरिरहेको उनले दाबी गरेका थिए ।
यस महिनाको अन्त्यमा हुने क्लब विश्वकप खेल्न अर्को क्लबमा जाने सम्भावनाबारे उनलाई प्रश्न सोधिएको थियो । उनले भने, ‘यो अप्रासंगिक कुरा हो । अहिले राष्ट्रिय टोलीबाहेक अरू कुरा गर्न कुनै अर्थ छैन । धेरै क्लबहरूबाट प्रस्ताव आएको छ । केही कुरा सान्दर्भिक छन्, केही छैनन् । सबै क्लबमा जान सकिँदैन ।
उनले छोटो, मध्यम र दीर्घकालीन सोच राखेर निर्णय लिने बताए । त्यसैले आफ्नोतर्फबाट क्लब विश्वकप नखेल्ने पक्का गरिसकेको उनको भनाइ छ । ‘म क्लब विश्वकपमा जाँदिन भन्ने कुरा मेरो तर्फबाट तय भइसकेको छ। यद्यपि धेरै खेल्न बोलाइरहेका छन्,’ उनले भने ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम