
काठमाडौं । आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आज सह–आयोजक भारतले न्युजिल्यान्ड भिड्ने भएका छन् । फाइनल खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।
दुई पटकको विजेता भारत तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने न्युजिल्यान्ड भारतलाई घरेलु मैदानमा पराजित गर्दै पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा छ । भारतले सेमिफाइनलमा अर्को दुई पटकको विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो भने न्युजिल्यान्डले दक्षिण अफ्रिकाकालाई पराजित गरेको थियो ।
विश्वकपमा राम्रो सुरुवात गरेपनि दक्षिण अफ्रिकासँग सुपर ८ मा हारपछि सम्हालिएर अघि बढेको भारतले अर्को दुई पटकको विजेता इंग्ल्यान्डमाथि सेमिफाइनलमा ७ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । न्युजिल्यान्डले उतारचढावपूर्ण यात्रा तय गर्दै समूह चरण र सुपर ८ मा एक–एक हार बेहोरेपनि सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ९ विकेटको शानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
भारत चौथो पटक टी२० विश्वकप फाइनल खेल्दैछ । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण र २०२४ मा भएको पछिल्लो संस्करणको उपाधि जितेको थियो । सन् २०१४ को फाइनलमा भने भारत श्रीलंकासँग पराजित भएको थियो । भारत घरेलु मैदानमै उपाधि जित्दै तीन पटक जित्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । भारत बाहेक वेस्ट इन्डिज (२०१२ र २०१६) र इंग्ल्यान्ड (२०१० र २०२३) ले पनि समान दुई पटक टी२० विश्वकप जितेका छन् ।
यदी भारतले उपाधि जितेमा तीन पटक जित्ने पहिलो टिमका साथै टी २० उपाधि रक्षा गर्ने पनि पहिलो टिम बन्नेछ । अर्कोतर्फ न्युजिल्यान्डले यसअघि सन् २०२१ मा टी२० विश्वकप फाइनल खेलेपनि अस्ट्रेलियासँग पराजित भएको थियो । त्यसैले यस पटक उपाधि जितेमा ओडिआई/टी२० मै पहिलो उपाधि हुनेछ । ओडिआई विश्वपकमा सन् २०१५ र २०१९ मा फाइनल पुगेपनि न्युजिल्यान्ड पराजित भएको थियो ।












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?