
काठमाडौंं । म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा सोमवार १० खेलाडीमा सिमित एभर्टनसँग स्तब्ध भएको छ । कियरन ड्युज्बरी होलको सानदार गोलको मद्दतले एभर्टनले युनाइटेडलाई १–० ले हराएको हो ।
रुबेन अमोरिमले युनाइटेडको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको दिन टोलीले हार बेहोरेको छ । इद्रिसा गेइले १३औँ मिनेटमा आफ्नै टोलीका माइकल किनलाई हानेपछि रातो कार्ड खाँदा एभर्टनले १० खेलाडीमा सिमित भएको थियो।
एभर्टनले सन् २०१३ पछि ओल्ड ट्राफोर्डमा जित निकालेको यो पहिलो अवसर हो । २९ औं मिनेटमा डेविड मोयेसको टोलीले अग्रता लिएको थियो । होलले पेनाल्टी बक्स बाहिरबाट हानेको कडा प्रहार गोलकिपर सेने लामेन्सले छोए पनि गोल भएको थियो ।
युनाइटेडले दोस्रो हाफमा खेल पूर्णरूपमा नियन्त्रणमा लिएर बराबरी गोलका लागि धेरै प्रयास ग¥यो । तर एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले ब्रायन म्बेमो र जोशुआ जिर्कजेका प्रहार रोकेर टोली अग्रता जोगाएका थिए । यो जितसँगै एभर्टन तालिकाको ११औँ स्थानमा उक्लिएको छ। समान अंकमा साथ युनाइटेड १० औँ स्थानमा छ । युनाइटेडले पाँचौँ स्थानमा उक्लिने मौका गुमाएको थियो ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन