
काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको हो ।
टाईम्सले पहिलो क्वाटरमा २३-१२ र दोस्रो क्वाटरमा २४-१६ को अग्रतासहित हाफ टाईमसम्म ४७-२८ को अग्रता बनाएको थियो । त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास गर्पनि सफल भएन । सोलोले तेस्रो क्वाटरमा २३-२० र चाैथो क्वाटरमा २४-२१ को अग्रता बनाएपनि हार टार्न पर्याप्त भएन । टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ अंक स्कोर गरे । सदिश म्यान अफ दि म्याच घोषित भए ।
यस्तै सोमबार राती सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कीर्तिपुरलाई ९२-७८ ले पराजित गर्दै तेस्रो जित हात पारेको छ । आर्मीले ३१-२३, २८-१०, २२-१९, ११-२६ मो प्रदर्शन गरेको थियो । आर्मीका निश्चल महर्जनले २२ अंक स्कोर गरे । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल