काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) अमेरिका जारी क्लब विश्व कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा जर्मन टोली बायर्न म्युनिखलाई २–० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा पुगेको हो ।
९ खेलाडीमा सिमित भएर पनि पिएसजी जित निकाल्न सफल रह्यो । च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गरेका डेसाइर डोउले खेलको ७८ औं मिनेटमा पिएसजीका लागि पहिलो गोल गरे । विलियन पासो ८२ औं मिनेट र लुकास हर्नान्डेजलाई इन्ज्युरी समयको दोस्रो मिनेटमा रातो कार्ड पाएपछि पिएसजी ९ खेलाडीमा समेटियो । इन्ज्युरी समयको छैटौं मिनेटमा उस्मान डेम्बेलेले दोस्रो गोल थप्दै पिएसजीको जित पक्का पारे ।
बायर्नको ३५ वर्षीय फर्वार्ड थोमस मुलरले अन्तिम १० मिनेटमा किङ्स्ली कोमनको सट्टा मैदान प्रवेश गरे । बायर्नका लागि त्यो उनको अन्तिम खेल रह्यो । उनले बायर्नमा १७ वर्ष बिताए । उनले टोलीबाट थुप्रै उपाधि जितेका थिए । अब पीएसजीले फाइन प्रवेशका लागि रियल म्याड्रिडसँग खेल्ने छ ।