
भियतनामको दानाङमा जारी तेस्रो पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपाली खेलाडी दावा सोनाम शेर्पाले पुरुष एकलतर्फ कास्य पदक जित्दै नेपाललाई पिकलबल विश्वकपमा पहिलोपटक पदक दिलाएका छन् ।
अगस्ट ६ देखि सेप्टेम्बर ६ सम्म जारी रहने प्रतियोगितामा दावाले सुरुवाती चरणदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेका उनले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलका खेलाडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्य पदक पक्का गरे ।
प्रतियोगिताका खेलहरू भियतनामको दानाङस्थित Tiên Sơn Sports Palace लगायतका आधिकारिक पिकलबल कोर्टमा भइरहेका छन् । पुरुष एकलतर्फ मंगोलियाले स्वर्ण र जापानले रजत पदक जितेका छन् ।

दावा सोनाम शेर्पा पिकलबलका मात्रै खेलाडी होइनन् । पूर्वराष्ट्रिय टेनिस खेलाडीसमेत रहेका दावा व्यावसायिक गल्फ खेलाडी पनि हुन् । टेनिसबाट हासिल गरेको खेल प्रविधि, कोर्टमा प्रतिस्पर्धा गर्ने अनुभव र बल नियन्त्रणसम्बन्धी सीपलाई उनले पिकलबलमा प्रभावकारी रूपमा प्रयोग गर्दै आएका छन् । दावाले यो उपलव्धिलाई आफ्नो व्यक्तिगत सफलता भन्दापनि नेपाली पिकलबल र समग्र नेपाली खेलकुदका लागि महत्वपूर्ण रहेको बताए । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्न पाउनु गौरवको क्षण भएको उनको भनाइ छ । नेपाली खेलकुदको विकास र अन्तर्राष्ट्रिय सहभागिता विस्तारका लागि निरन्तर प्रयास आवश्यक रहेको दावा बताउँछन् ।
दावाको ऐतिहासिक पदक रसुवा बाढीले देश नै विपत्तिमा डुबेको बेला आएको छ । गत बुधवार भदौं १० गते रसुवामा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले प्रभावित परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
यो विश्वकपमा नेपालबाट १८ सदस्यीय टोलीले सहभागिता जनाएको छ । त्यसैले दावाको कास्य पदकले व्यक्तिगत उपलब्धिमा मात्रै सीमित नभएर नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रालाई नै नयाँ पहिचान दिएको छ ।
विश्वकपको पहिलो दिनमै नेपालले पदक जित्नुले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता र नेपालमा पिकलबलको बढ्दो सम्भावनालाई विश्वसामु उजागर गरेको छ । दावाको यो कास्य पदक नेपाली पिकलबलको यात्रामा ऐतिहासिक सुरुवात बनेको छ ।










समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित