
काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र डिफेन्डिङ च्याम्पियन नेपाल प्रहरीले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् । दुवै ३–० को सोझो सेटमा विजयी भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उद्घाटन खेलमा सातौं संस्करणको विजेता न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१६, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्यो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को खेलमा प्रहरीले सुरुका ६ संस्करणको विजेता एपीएफ क्लबलाई सीधा सेटमा २५–२२, २५–२० र २५–२१ ले हरायो । पहिलो खेलमा न्यु डायमन्डकी सुमित्रा रेग्मी र दोश्रोमा प्रहरीकी पुनम चन्द ‘प्लेयर अफ म्याच’ घोषित भए । दुवैले जनही १५ हजार नगद पुरस्कार जिते । प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा न्यु डायमन्डकी सुमित्रा रेग्मीलाई प्रतिष्ठानले नगद ५० हजारसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरेको थियो । सदस्य–सचिव मेहता र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सुमित्रालाई पुरस्कृत गरे ।
बिहीबार २ खेल हुनेछ । पहिलो खेल प्रहरी र आर्मी तथा दोश्रो खेल न्यु डायमन्ड र एपीएफबीच हुनेछ । राउन्ड रोविन लिगका आधारमा शनिबारसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन् । राउन्ड रोविन लिगमा शीर्ष २ स्थानमा रहने टिम पुनः उपाधिका लागि भिड्ने छन् । बाँकी २ टोलीले तेश्रो स्थानलाई खेल्ने छन् । बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रथम पुरस्कार लाइफ इन्स्योरेन्स कोर्पोरेसन नेपाल लिमिटेड, दोश्रो पुरस्कार मार्वल टेक्नोप्लास्ट प्रा.लि. र तेश्रो पुरस्कार फिट्नेस च्वाइसले प्रायोजन गरेका छन् ।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ । यो पुरस्कार हाइलाइफले प्रायोजन गरेको छ । विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
अन्य सहयोगीमा एभरेष्ट बैंक, माछापुछ्रे बैंक, नविल बैंक, ग्लोबल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी बैंक, आईसीएफसी फाइनान्स, मन्जुश्री फाइनान्स, सांग्रिला कार्गो, ट्रेङक्युलिटि स्पा, केल्मी, केएफसी, मर्कुरी होटल, बाराही होटल, आईजीआई प्रुडेन्सियल फाइनान्स, बुद्ध एयर, चाँगुनारायाण नगरपालिका र सिमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन रहेका छन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह