
काठमाडौं । नेपालमा सबैभन्दा प्रतिष्ठित र उल्लेखनीय “विश्व टेबल टेनिस दिवस कार्यक्रम २०२६” ठूलो उत्साहका साथ बिहीबार मनाइएको छ । विश्व टेबल टेनिस दिवसको अवसरमा स्ट्याग ग्लोबल तथा आईटीटीएफ प्रशिक्षक नरेस रावलले “द रोलिङ स्टोन्स स्कूल” मा स्कूलको सहकार्यमा एक भव्य खेलकुद कार्यक्रमको आयोजना गरेका हुन् ।
काठमाडौंको भिमसेनस्थानस्थितको स्कूलमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, स्वयंसेवक, सामाजिक कार्यकर्ता, मन्त्री, टेबल टेनिसका प्रतिष्ठित व्यक्तिहरूसहित ३ सयभन्दा बढी सहभागीहरूले विभिन्न खेलकुदका गतिविधिहरूमा रमाइलो गरे । यस वर्ष विषय “स्वास्थ्य र कल्याण“ मा आधारित थियो र सहभागीहरूले विभिन्न खेलकुद कार्यहरूमार्फत यो विषयवस्तुको महत्व सिके । स्कूलका अध्यक्षः सुनीलकृष्ण श्रेष्ठ, निर्देशकः स्कूलकी निर्देशक बिनी श्रेष्ठ, विशिष्ट अतिथि वागमती प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले स्वागत र धन्यवाद दिएका थिए ।
दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव तथा एसियाली टेबल टेनिस युनियनका उपाध्यक्ष शंकर गौतमले साँचो स्वास्थ्य भनेको रोगको अनुपस्थिति मात्र होइन; यो पूर्ण शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था रहेकोले खेल्नु पर्ने बताए । स्कूलका प्रिन्सिपल दिरेकलाल श्रेष्ठले विभिन्न टेबल टेनिस खेलकुद कार्यक्रमका विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना