
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत छैटौं खेलमा सनराइजर्स हैदराबाद (एसआरएच)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई उसकै घरेलु मैदानमा ६५ रनले पराजित गर्दै सिजनको पहिलो जित हासिल गरेको छ ।
२२७ रनको लक्ष्य पाएको कोलकत्ता १६ ओभरमै १६१ रनमा अलआउट भयो । उसका लागि अंगकृष रघुवंशीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै रिंकू सिंहले ३५ रन बनाए । हैदराबादका लागि जयदेव उनादकटले ३ विकेट लिए भने ईशान मलिंगा र नीतीश कुमार रेड्डीले २–२ विकेट लिए । हर्ष दुबेले १ विकेट लिए।
यसअघि सनराइजर्स हैदराबादले पहिले ब्याटिङ गर्दै निर्धारीत ओभरमा ८ विकेट गुमाएर २२६ रन बनाएको थियो । उसकालागि ट्राभिस हेड र अभिषेक शर्माको ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलायो । दुवैले ५.४ ओभरमा ८२ रन जोडे। हेड २१ बलमा ४६ रन बनाएर आउट भए, जसमा ३ छक्का र ६ चौका समावेश थिए । अभिषेक शर्माले पनि २१ बलमा ४ छक्का र ४ चौकासहित ४८ रन बनाए ।
हेनरिक क्लासेनले नितीश रेड्डीसँग पाँचौं विकेटका लागि ५३ बलमा ८२ रनको साझेदारी गर्दै टोलीलाई २०० पार गराए । क्लासेनले ३५ बलमा १ छक्का र ४ चौकासहित ५२ रन बनाए भने नितीश रेड्डीले ३९ रन योगदान दिए । बलिङतर्फ कोलकाताका ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिए भने वैभव अरोडाले २ विकेट लिए । कार्तिक त्यागी र अनुकूल रोयले १–१ विकेट लिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू