
काठमाडौं। माल्दिभ्समा हुने काभा मेन्स च्यामम्पियन्स लिग खेल्ने जाने नेपालको हेल्प नेपाल स्पोट्र्स क्लबलाई बिदाई गरिएको छ । नेपाल भलिबल संघ (एनभीए) ले शनिबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाई गर्योे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड सदस्य जगतसिंह धामी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह लगायतले बिदाई गरे ।
हेल्प नेपालले पोखरामा भएको एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो । काभा मेन्स च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, कीर्गिस्तानको च्याम्पियन क्लबहरुले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ । च्यामपियन्स लिग यही जुलाई १७ देखि २३ तारिखसम्म माल्दिभ्सको मालेमा हुनेछ । हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक, एपीएफबाट विनोद बहादुर चन्द लगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । दुई पाकिस्तानी खेलाडी पनि समावेश गरेको छ ।
सदस्य–सचिव घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । सदस्य–सचिव घिसिङले क्लबले यहाँसम्म आईपुग्न ठूलो चुनौती पार गर्नुपरेकोले अहिले यो सफलतामा आईपुगेको बताए । नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपाल स्पोट्र्स क्लबले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए । हेल्प नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए ।













समाचार
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने
नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्रीले
एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
इप्पानले बिधुत प्राधिकरणलाई पेश गर्यो १३ बुँदे माग
प्रधानमन्त्रीसँग चीनका राजदूत माओमिङको भेटवार्ता
माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी