
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज राउन्ड अफ ३२ का अन्तिम खेलहरु हुँदैछन्। नेपाली समय अनुसार आज रातिको पहिलो खेलमा ११:४५ बजे डालस स्टेडियममा अस्ट्रेलिया र इजिप्ट आमनेसामने हुनेछन्।
त्यस्तै, भोलि बिहान ३:४५ बजे मियामी स्टेडियममा साविक विजेता अर्जेन्टिनाले केप भर्डको सामना गर्नेछ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आफ्नै घरेलु शहर मियामीमा खेल्न लागेकाले यो खेल विशेष चासोको विषय बनेको छ, जहाँ मेस्सी हालसम्म ६ गोलसहित गोल्डेन बुटको दौडमा अगाडि छन्।
भोलि बिहानै ७:१५ बजे हुने राउन्ड अफ ३२ अन्तिम खेलमा दक्षिण अमेरिकी टोली कोलोम्बिया र घाना बीच कान्सास सिटी स्टेडियममा भिडन्त हुनेछ। प्रतियोगितामा हालसम्म अपराजित रहेको कोलोम्बिया आफ्नो विजयी यात्रालाई कायमै राख्दै अन्तिम १६ मा पुग्न चाहन्छ ।
यी खेलहरू जित्ने टोलीहरू सिधै अन्तिम १६ (Round of 16) मा प्रवेश गर्नेछन्, जहाँ क्यानडा, मोरक्को, फ्रान्स र स्पेन जस्ता बलिया टोलीहरूले पहिले नै आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।












समाचार
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त
सात वटा विश्वविद्यालयमा एकैचोटी उपकुलपति नियुक्त
जनताको आकांक्षा पूरा हुने गरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छ : गभर्नर पौडेल
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त
आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी
नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा सेबोनका नवनियुक्त अध्यक्षलाई बधाई तथा पुँजी बजार सम्बन्धित छलफल
आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा