
काठमाडौं । बर्नमाउथले प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनललाई अप्रत्याशित हार चखाएको छ । घरेलु मैदानमा इमिरेट्स स्टेडियममा शनिबार आर्सनलले बर्नमाउथसँग २–१ को हार बेहोरेको हो।
योसँगै लिगको शीर्ष स्थानमा रहेको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग १२ अंकको अग्रता बनाउने मौका गुमाएको छ । यो हारसँगै उसलाई उपाधि यात्रामा समेत गम्भिर धक्का लागेको छ । मिकेल आर्टेटाको टोलीले सिटीभन्दा दुई खेल बढी खेलेको छ । आइतबार स्टामफोर्ड ब्रिजमा चेल्सीलाई हराए सिटीले अन्तर ६ अंकमा झार्न सक्छ । महत्त्वपूर्ण समयमा आर्सनलको प्रदर्शन खस्किँदै गएको देखिएको छ ।
इङ्लिस लिग कपको फाइनलमा सिटीसँग र एफए कपमा दोस्रो डिभिजनको साउथह्याम्पटनसँग पराजित भएपछि चार उपाधि जित्ने सम्भावना समाप्त भएको थियो। च्याम्पियन्स लिगमा मंगलबार स्पोर्टिङ लिस्बनलाई १–० ले हराए पनि पछिल्लो हारले उपाधि दौडमा थप तनाव सिर्जना गरेको छ । बर्नमाउथले खेलको १७ औं मिनेटमै जुनियर क्रुपीको नजिकैबाट गरिएको गोलमार्फत अग्रता लिएको थियो। ३५औं मिनेटमा भिक्टर ग्योकेरेसले पेनाल्टीमार्फत बराबरी गरे। तर, आर्सनलले स्पष्ट अवसर सिर्जना गर्न सकेन र अन्ततः स्कटले विजयी गोल गर्दै खेल जिताए ।
यससँगै बर्नमाउथले लगातार दोस्रो सिजन आर्सनललाई उसकै मैदानमा हराएको छ । प्रिमियर लिगमा लगातार १२ खेल अपराजित रहने नयाँ क्लब कीर्तिमान पनि बनाएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह