इङ्ग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला तथा चेल्सी र नटिङ्घम फरेस्टले बराबरीमा

काठमाडौं । इङ्गिलस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यान्चेस्टर युनाइटेड र एस्टन भिल्ला तथा चेल्सी र नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् । गएराति भिल्ला पार्कमा भएको खेलमा घरेलु टोली एस्टन भिल्लासँग युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै जारी लिगमा ७ खेलबाट ८ अङ्क जोडेको युनाइटेड १४औँ स्थानमा छ । युनाइटेडको यो दोस्रो बराबरी हो । समान खेलबाट १४ अङ्क सहित भिल्ला पाँचौँ स्थानमा छ ।

यस्तै, हिजै भएको अर्को खेलमा चेल्सी र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेलेका छन् । चेल्सीका लागि नोनी मान्डुएकले गोल गरे भने नटिङ्घमका लागि क्रिस वुडले गोल गरेका थिए । लिगमा सात खेलबाट १४ अङ्क बनाएको चेल्सी चौथो तथा समान खेलबाट १० अङ्क जोडेको नटिङ्घम फरेस्ट १० औँ स्थानमा छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार