
त्रिदेशीय टी–२० अन्तराष्ट्रिय सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि २ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले अन्तिम १ बल बाँकी छँदा मात्रै पुरा गर्यो । नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा उनले ४ चौका प्रहार गरे ।
लोकेश बम ९, अनिलकुमार शाह ३, कप्तान रोहित पौडेल ७, बसिर अहमद १३, रुपेश सिंह ३, किरण ठगुन्ना १० र दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भए । सन्दीप लामिछाने एक र करण केसी ३ रनमा अविजित रहे ।
बलिङमा स्कटल्याण्डका माइकल लिस्क र सफायान सरिफले समान २ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रन बनाएको थियो । नेपाली बलरसामु स्कटल्याण्डका ब्याट्समेनहरु चल्न सकेनन् । स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् । माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए ।
बलिङमा नेपालका स्पीनर सन्दीप लामिछाने चम्किए । उनले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभर बलिङमा ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ र ललित राजवंशीले एक विकेट लिए । पहिलो खेल सोमवार नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो । अब तेस्रोे खेल पनि नेपालले नेदरल्याण्डसँगै बिहिवार खेल्दैछ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर