काठमाडौं । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । फाइनलमा रियल मड्रिडलाई ३–२ ले हराउँदै उपाधि जितेको हो ।
योसँगै बार्सा आफ्नो ट्रेबल उपाधि जित्ने अभियानमा बलियो सुरुआत गरेको छ । खेलको ११६औं मिनेटमा जुल्स कुन्डेले निर्णायक गोल गर्दै बार्सिलोनालाई उपाधि दिलाएका हुन् । राइट ब्याक कुन्डेले लुका मोड्रिचको पास छिचोलेर गोल गरेका थिए । बार्सिलोना यो कीर्तिमानी ३२ औं कोपा डेल रे उपाधि हो ।
ला कार्टुजा स्टेडियममा भएको फाइनलमा पेड्रीले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो । किलियन एम्बाप्पेले ७० औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै बराबरी गरे । त्यसपछि ७७औं मिनेटमा अरेलियन चुआमेनीले हेडरमार्फत रियललाई २–१ को अग्रता दिलाए । ८४औं मिनेटमा फेरान टोरेसले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याए । अन्ततः कुन्डेले बार्सिलोनाको जित सुनिश्चित गरे ।