
काठमाडौं । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । फाइनलमा रियल मड्रिडलाई ३–२ ले हराउँदै उपाधि जितेको हो ।
योसँगै बार्सा आफ्नो ट्रेबल उपाधि जित्ने अभियानमा बलियो सुरुआत गरेको छ । खेलको ११६औं मिनेटमा जुल्स कुन्डेले निर्णायक गोल गर्दै बार्सिलोनालाई उपाधि दिलाएका हुन् । राइट ब्याक कुन्डेले लुका मोड्रिचको पास छिचोलेर गोल गरेका थिए । बार्सिलोना यो कीर्तिमानी ३२ औं कोपा डेल रे उपाधि हो ।
ला कार्टुजा स्टेडियममा भएको फाइनलमा पेड्रीले २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । तर, दोस्रो हाफमा रियल खेलमा फर्कियो । किलियन एम्बाप्पेले ७० औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै बराबरी गरे । त्यसपछि ७७औं मिनेटमा अरेलियन चुआमेनीले हेडरमार्फत रियललाई २–१ को अग्रता दिलाए । ८४औं मिनेटमा फेरान टोरेसले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याए । अन्ततः कुन्डेले बार्सिलोनाको जित सुनिश्चित गरे ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज