
काठमाडौं । जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको छ । हरारे स्पोर्टस क्लबमा बुधवार सम्पन्न खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १ सय ५२ रनमा समेटियो ।
दक्षिण अफ्रिकाका लागि डिवाल्ड ब्रेभिस १८ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३५ रनमा आउट भए । जर्ज लिन्डे २० बलमा १ चौका र २ छक्काको सहयोगमा ३० रनमा पेभिलियन फर्किए । लौहान डि प्रिटोरियस १७ बलमा ६ चौकाको सहयोगमा २७ तथा जेरार्ड कोट्जे १७ रनमा आउट भए । न्युजिल्याण्डका लागि जोकेब डफी र म्याट हेनरीले समान ३ तथा इश सोडिले २ विकेट लिए । त्यसअघि हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रनको योगफल तयार गरेको थियो । न्युजिल्याण्डका लागि टिम रोबिन्सनले अविजित रहँदै अर्धशतक बनाए । रोबिन्सनले ५७ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे ।
टिम साइफर्ट २२ रनमा आउट भए । छैटौं विकेटका लागि रोबिन्सनले बिभोन ज्याकोब्ससँग १ सय ३ रनको शतकीय साझेदारी गरे । ज्याकोब्सले ३० बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित ४४ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लागि क्वाना मफाकाले २ तथा जेरार्ड कोट्जे, सिनुरन मुथुस्वामी र लुंगि एन्गेडीले समान १ विकेट लिए । जितसँगै पहिलो खेलमा जितसँगै लक्षिण अफ्रिकासँग समान २ अंक बनाएको न्युजिल्याण्ड रनरेटमा अघि रहेर शीर्ष स्थानमा छ । पराजित दक्षिण अफ्रिकाको २ खेलबाट २ अंक रहेको छ ।
घरेलु टोली जिम्बाब्व भने अंकबिहिन रहँदै तालिकाको पुछारमा छ । जिम्बाब्वे, दक्षिण अफ्रिका र न्युजिल्याण्ड सहभागी सिरिज डबल राउण्ड रोबिनमा हुनेछ । त्यसपछि शीर्ष २ मा रहने टोलीकाबीचमा फाइनल खेल हुनेछ । त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेल शुक्रवार न्युजिल्याण्ड र जिम्बाब्वेको बीचमा रहेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व