
काठमाडौं। राफिन्हाको ह्याट्रिकसँगै बार्सिलोनाले ला लिगामा रियल भालाडोलिडलाई फराकिलोअन्तरले पराजित गरेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले भालाडोलिडलाई ७-० ले पराजित गरेको हो। जितसँगै चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।
पराजित भाडाडोलिडको समान खेलबाट चार अंक रहेको छ। भाडाडोलिड अंक तालिकाको १२औं स्थानमा छ। बार्सिलोनाको जितमा राफिन्हाले तीन तथा रोबर्ट लेवान्डोस्की, डानी ओल्मो, फेरान टोरेस र जुल्स कोन्डेले समान एक गोल गरे।
पाउ क्युबार्सीको पासमा गोल गर्दै राफिन्हाले २०औं मिनेटमै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि नै लमिन यमलको पासमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा कोन्डेले गोल गर्दै अग्रता ३-० मा पुर्याए। ६४औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे। ७२औं मिनेटमा राफिन्हाले ह्याट्रिक पूरा गरे। दोस्रो गोल उनले लेवान्डोस्की र तेस्रो गोल यमलको पासमा सम्भव बनाएका हुन्।
निर्धारित खेल सकिन आठ मिनेट बाँकी रहँदा टोरेसको पासमा ओल्मोले अर्को गोल थपे। त्यसको तीन मिनेटपछि नै राफिन्हाको पासमा टोरेसले नै गोल गर्दै बार्सिलोनालाई ७-० को फराकिलो जित दिलाए।













समाचार
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
भोलि बिहान ९ बजेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत