
काठमाडौं । इङ्गिलस प्रिमियर लिग (इपीएल) मा साविक विजेता म्यानचेस्टर सीटी टोटनह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा साविक विजेता म्यानचेस्टर सीटी घरेलु मैदानमै टोटनह्यामसँग ४–० गोलले पराजित भएको हो ।
यस्तै गएराति नै भएको खेलमा लेस्टर सीटीलाई हराउँदै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले लेस्टरलाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो । जीतसँगै चेल्सी तेस्रो स्थानमा उक्लिनुको साथै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीसँगको अंक दुरी घटाएको छ । म्यानचेस्टर सीटीको १२ खेलमा २३ अंक र चेल्सीको १२ खेलमा २२ अंक भएको छ ।
यस्तै आर्सनलले नटिङ्घम फोरेस्टलाई ३–० गोलले पराजित गरेको छ । १२ खेलमा २२ अंक बनाएको आर्सनल तालिकाको चौथो स्थानमा छ । लिभरपुल शीर्ष स्थानमा कायमै छ । यस्तै प्रिमियर लिगमा गएराति भएका खेलमा ब्राइटनले बर्नमाउथलाई २–१ गोलले पराजित गरेको छ । उल्भ्सले फुलहमलाई ४–१ गोलले हरायो । क्रिस्टल प्यालेस र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । एभर्टन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँढेका छन् । प्रिमियर लिगमाआज साउथहेमटन र लिभरपुल तथा स्पीचटाउन र म्यानचेस्टर युनाईटेड खेल्दैछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह