
काठमाडौं । च्याम्पियन्स लिग फुटलको सेमिफाइनमा पुग्ने दुई टोलिको टुङ्गो लागेको छ । राती भएको खेलमा जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) र एट्लेटिको म्याड्रिड सेमिफाइनमा पुगेको हुन् । पिएसजीले लिभरपुललाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने एट्लेटिको बार्सिलोनासँग २–१ ले पराजित भए पनि समग्रमा विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।
पिएसजीका लागि उस्मान डेम्बेलेले २ गोल गरेपछि दोस्रो लेगमा जित निकाल्दै समग्रमा ४–० को नतिजासहित उ अन्तिम चारमा प्रवेश गरेको हो । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको थियो । खेलको सुरुवातमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन सकेन । लिभरपुलले दोस्रो हाफमा लगातार आक्रमण गर्दै खेलमा फर्किने प्रयास गर्यो ।
७२औँ मिनेटमा डेम्बेलेले बक्स बाहिरबाट शानदार प्रहार गर्दै पिएसजीलाई अग्रता दिलाए । खेलको अन्तिम समयमा लिभरपुलले बराबरी गोल खोज्ने प्रयास गरे पनि सफल हुन सकेन । उल्टै इन्जुरी समयको पहिलो मिनेटमा ब्राड्ली बारकोलाको क्रसमा डेम्बेलेले अर्को गोल गर्दै पिएसजीको जित पक्का गरे । यो जितसँगै साविक विजेता पिएसजी सहज रूपमा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
एट्लेटिको म्याड्रिडले दोस्रो लेगमा बार्सिलोनासँग २–१ को हार बेहोरे पनि समग्रमा ३–२ को नतिजा निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ । म्याड्रिडस्थित मेट्रोपोलिटानो स्टेडियममा भएको दोस्रो लेगमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन प्रयास गरे पनि अन्तिम लक्ष्य पूरा गर्न सकेन ।
पहिलो लेगमा २–० ले पछि परेको बार्सिलोनाले खेलको सुरुवातबाटै दबाब सिर्जना गर्यो । दोस्रो मिनेटमै लामिन यामालले खतरनाक प्रहार गरे। त्यसपछि चौथो मिनेटमा नै यामालले फेरान टोरेसको पासमा दौडँदै पुगेर गोलरक्षक हुआन मुस्सोलाई छलाउँदै गोल गरे र बार्सिलोनालाई खेलमा फर्काए।
२४औँ मिनेटमा टोरेस आफैंले गोल गर्दै नतिजा बराबरीमा ल्याए । ३१औँ मिनेटमा एट्लेटिकोले आफ्नो अवसर सदुपयोग ग¥यो । मार्कोस लोरेन्तेदायाँबाट अघि बढ्दै बल बक्सभित्र पठाए र अडेमोला लुकम्यानले पहिलो टचमै गोल गर्दै एट्लेटिकोको समग्र अग्रता पुनः बढाए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू