
काठमाडौं । म्यानचेस्टर सिटीले चेल्सीमाथि साननदार जित निकाल्दै प्रिमियर लिगको उपाधि दौड थप रोमाञ्चक बनाएको छ । आर्सनलले बर्नमाउथसँग अप्रत्याशित हार बेहोरेको मौका उठाउँदै सिटीले स्टामफोर्ड ब्रिजमा चेल्सीलाई ३–० ले हरायो।
यो जितसँगै दोस्रो स्थानको म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी ६ मा झारेको छ। सिटीले अझै १ खेल कम खेलेको छ । पहिलो हाफमा सिटीले खासै प्रभाव जमाउन सकेन। रायन चर्कीको बक्स बाहिरबाट गरेको प्रहार चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले सजिलै बचाए। त्यस्तै एन्टोइन सेमेन्योको प्रहार डिफ्लेक्ट हुँदै बाहिरिएको थियो । तर दोस्रो हाफ सुरु भएपछि सिटीले खेलमा दबाब बढायो। खेलको ५१औँ मिनेटमा चर्कीले दिएको क्रसमा निको ओ राइलीले हेडर गोल गर्दै सिटीलाई अग्रता दिलाए।
त्यसको ६ मिनेटपछि फेरि चर्कीको पासमा पूर्व चेल्सी डिफेन्डर मार्क गेहीले गोल गर्दै सिटीको अग्रता २–० बनाए। त्यसपछि चेल्सी झनै दबाबमा प¥यो। ६८ औं मिनेटमा मोइसेस कैसेडोबाट बल खोसिएपछि जेरेमी डोकुले उत्कृष्ट गोल गर्दै सिटीको जित निश्चित गरे। त्यसअघि चेल्सीका मार्क कुकुरेलाको गोल अफसाइडका कारण रद्द भयो भने पेड्रो नेटोको प्रहार सिटीका गोलरक्षक जियानलुइजी डोनारुम्माले बचाए। लिगमा यो चेल्सीको लगातार तेस्रो हार हो। दोस्रो स्थानको सिटीको ६४ अंक पुगेको छ। ४८ अंकसहित चेल्सी छैटौं स्थानमा छ।
अब सिटीले अर्को साता आफ्नै मैदान एतिहाद स्टेडियममा आर्सनलसँग महत्वपूर्ण खेल खेल्नेछ । त्यो खेलले उपाधि दौडमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व