
काठमाडौं । मार्वलस र भीएस निकेतन पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मार्वलसले ग्रिनलन्सलाई २७–१६ ले पराजित गर्यो । मार्वलसको जितमा सिनेप शाहीले ८ अंक योगदान गरे । मार्वलस एक खेल अगावै समूह ‘सी’ बाट क्वाटरफाइनलमा पुगेको हो । यो समूहबाट सेवा सदन पनि क्वाटरफाइनलमा पुगिसकेको छ । मार्वलस र सेवा सदनबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
आरोन कक्षपतिको १० अंक सहयोगमा भीएस निकेतनले माइलस्टोनलाई २४–१८ ले हराउदै समूह ‘बी’ को विजेता भयो । हारका बावजुद माइलस्टोन पनि समूह उपविजेताका हैसियतले क्वाटरफाइनलमा पुग्यो । बुद्धनगरस्थित केएमसी स्कुलद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमै गोल्डेनपिकले गोदावरी रेसिडेन्सियलबाट वाकओभर पाएर समूह ‘डि’ को विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश ग¥यो । काठमाडौं जेभियर्स पब्लिक स्कुल यो समूहको उपविजेता हो ।
आयोजक केएमसी ‘बी’ ले आफ्नै ‘ए’ टोलीलाई ३१–२० ले पाखा लगाउदै समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । यो समूहबाट बाल दीक्षा सदन विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ । जुनियर ब्वाइजमा ग्रिनफिल्ड र ग्रिन लन्सले क्वाटरफाइनल यात्रा तय गरे । ग्रिनफिल्डले ओम ज्ञान मन्दिरबाट वाकओभर पायो भने ग्रिन लन्सले गोल्डेन फ्लावरलाई २२–१२ ले पन्छायो । ग्रिनफिल्ड समूह ‘ए’ तथा ग्रिन लन्स समूह ‘बी’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुगेका हुन् । ग्रिन लन्सका रिक मगरले ११ स्कोर गरे । गोल्डेन फ्लावर पनि समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल रह्यो ।
सिनियर गल्र्समा डिफेन्डिङ च्याम्पियन रिब्सले मानाङ्क चिल्ड्रेनलाई ३१–२० तथा हिमालीले गोल्डेन फ्लावरलाई १७–६ ले पराजित गरे । रिब्सकी सुप्रिया मल्लले १३ तथा हिमालीकी राधा बोहराले ६ अंक जोडे । लिगको अन्तिम दिन बुधबार ९ खेल हुनेछ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना