
काठमाडौं । फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्यान्डले १० खेलाडीमा सीमित बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गरेको छ । लस एन्जलस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि दुई गोल गरे । यस्तै रुबेन भार्गास र ग्रानिट जाकाले पनि एक–एक गोल थपे ।
खेलको ८०औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको दिशा नै परिवर्तन भएको थियो । ब्रिल एम्बोलोलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्न पछाडिबाट फाउल गरेपछि रेफ्री जोआओ पिन्हेइरोले उनलाई सोझै रातो कार्ड दिएका थिए ।
त्यसअघि लामो समयसम्म बोस्नियाको रक्षात्मक रणनीतिले स्विट्जरल्यान्डलाई रोकिरहेको थियो । तर, प्रशिक्षक मुराट याकिनले ७१ औँ मिनेटमा मान्जाम्बीलाई मैदान छिराएपछि खेलको गति फेरियो । मान्जाम्बीले मैदान प्रवेश गरेको केही समयमै स्विट्जरल्यान्डलाई अग्रता दिलाए । बायाँ विंगबाट भार्गासले दिएको क्रस क्लियर गर्ने प्रयास असफल भएपछि पेनाल्टी क्षेत्रभित्र आएको बलमा मान्जाम्बीले शक्तिशाली भली प्रहार गर्दै गोल गरेका थिए ।
मुहारेमोभिचको बहिर्गमनपछि स्विट्जरल्यान्डले थप दबाब सिर्जना ग¥यो । ८४औँ मिनेटमा एम्बोलोले बल नियन्त्रण गर्दै भार्गासतर्फ पास दिएपछि उनले तल्लो कुनाबाट गोल गर्दै अग्रता दोब्बर बनाए । ९०औँ मिनेटमा भार्गासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–० को सहज स्थितिमा पुर्याए । इन्जुरी समयमा बोस्नियाका वैकल्पिक खेलाडी एर्मिन माह्मिकले शानदार भलीमार्फत एक गोल फर्काए पनि त्यसको केहीबेरपछि जाकाले पेनाल्टीमा गोल गर्दै स्विट्जरल्यान्डको ४–१ को जित सुनिश्चित गरे ।
यो नतिजापछि एक जित र एक बराबरीसहित स्विट्जरल्यान्ड ४ अंकका साथ समूह ‘बी’ दोस्रो स्थानमा रहेको । पहिलो खेलमा कतारसँग १–१ को अप्रत्याशित बराबरी खेले पनि स्विस टोली लगातार चौथो विश्वकपमा नकआउट चरण पुग्ने लक्ष्यतर्फ बलियो देखिएको छ ।













समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले