
काठमाडौं। लिटिल एन्जल्सले १४ औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१ गोलले पराजित गर्यो ।
प्रणव बोगटीले ह्याट्रिक गरे भने सन्द्रप शाहीले २ गोल थपे । काठमाडौं भ्यालीका नोर्बु छिरिङ घलेले सान्त्वना गोल गरे । प्रतियोगिता अवधिभर ११ गोल गरेका प्रणव सर्वाधिक स्कोरकर्ता बने । सन्द्रप उत्कृष्ट स्ट्राइकर घोषित भए । काठमाडौं भ्यालीका सन्तोष उत्कृष्ट डिफेन्डर, लिटिल एन्जल्सका आयुश थापा उत्कृष्ट मिडफिल्डर, इनियस पंगेनी उत्कृष्ट गोलरक्षक, लिटिल एन्जल्सका राजेन्द्र कार्की उत्कृष्ट प्रशिक्षक चुनिए । त्रिज्योति अनुशासित टिम बन्यो ।
विजेतालाई बागमती प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सञ्जेल, लोयल्टीका अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीकी निर्देशक नन्दा सुब्बा, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा आयोजकको २ सहित १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय