
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको हो ।
मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलको ६० औँ मिनेटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।
त्यसपछि १० खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिकाविरुद्ध खेलको ६७ औँ मिनेटमा मेक्सिकोका राउल हिमेनेजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो । खेलको ८४ औ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले भीएआर समीक्षापछि रातो कार्ड पाए ।
इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि १० खेलाडीमा सीमित भयो । जीतसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । उद्घाटन खेलमै तीन वटा रेड कार्ड प्रयोगको किर्तिमान समेत बनेको छ । यसै समूहअन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकियाबीच अहिले बिहान पौने ८ बजे प्रतिस्पर्धा हुदैछ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै