
काठमाडौं । भारतीय टेस्ट टोलीलाई इङ्ग्ल्याण्डविरुद्धको चौथो टेस्टअघि खेलाडीको चोटको चिन्ताले सताएको छ । भारतीय कप्तान शुभमन गिलले ओल्ड ट्राफोर्डमा हुने टेस्ट अघि आयोजित पत्रकार सम्मेलनमा टोलीका महत्वपूर्ण खेलाडीहरु चोटका कारण बाहिरिएको बताएका छन् । भारतका अलराउण्डर नितिश कुमार रेड्डी सिरिजबाट बाहिरिएका छन् ।
तीव्र गतिका बलर आकाश दिप र अर्शदिप सिंहले चौथो टेस्ट गुमाउने छन् । इङ्ल्याण्ड विरुद्धको तेस्रो टेस्ट क्रममा ग्रोइनमा समस्या भएपछि आकाश दीप समयमै पूर्ण फिट हुन नसकेपछि चौथो टेस्टबाट बाहिरिएका हुन् । एजबस्टन टेस्टमा भारतलाई जिताउँन १० विकेट लिएका आकाश दिपको बर्हिगमनले भारतीय टोलीलाई ठूलो नोक्सानी भएको छ । आकाश दिपको स्थानमा अंशुल कम्बोज वा प्रसिद्ध कृष्ण भारतीय प्लेइङ ११ मा रहने सम्भावना रहेको छ ।
आकाश दिपको स्थान कम्बोजले लिने सम्भावना छ । कम्बोजले बुधवार सुरु हुने चौथो टेस्टमा मौका पाएमा उनको डेब्यु खेल हुनेछ । यदि साई सुदर्शन टोलीमा फर्किए भने करुण नायरले कहाँ ब्याटिङ गर्छन् भनेर हेर्न रोचक हुनेछ । पहिलो टेस्टमा जहाँ दुवै खेलेका थिए । सुदर्शनले नम्बर ३ मा र नायरले ६ मा ब्याटिङ गरेका थिए ।
नायरले राम्रो सुरुवात गरेका छन् तर तीन टेस्टमा अर्धशतक बनाएका छैनन्। ‘हामीलाई लाग्छ करुण राम्रो ब्याटिङ गरिरहेका छन्,’ गिलले भने । इङ्ग्ल्याण्डले चौथो टेस्ट खेल्ने आफ्नो प्लेईङ–११ घोषणा गरिसकेको छ । इङ्ग्ल्याण्डको टोलीमा तेस्रो टेस्ट खेलको टोलीमा एक परिवर्तन भएको छ । सोयब बसिरको स्थानमा लियम डसनलाई टोलीमा मौका दिइएको छ । ५ टेस्टको सिरिजमा घरेलु टोली इङ्ग्ल्याण्ड २–१ ले अघि छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू