
काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंको समन्वय, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले बुधबार थलीस्थित आयोजक नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको सिनियर/जुनियर पुरुषमा समान ५–५ तथा सिनियर÷जुनियर महिलामा समान ५–५ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
लिगको यो दोश्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो । यसअघि लिगको पहिलो संस्करणमा ४ प्रतियोगिता भएका थिए । लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा ३ महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोश्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ ।
लिगमा हरेक तौलसमूहमा पहिलो हुनेलाई १०, दोश्रोलाई ७ र तेश्रोलाई ३ अंक प्रदान गरिने छ । चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ । अब हुने लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गर्ने उपत्यका बाहिराका खेलाडीलाई आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पनि दिइने छ । मोटरसाइकल पुरस्कारसहित दुवैको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने लिगका परिकल्पनाकार जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रदर्शनलाई नै मध्यनजर गरी चौथो लिगको समाप्तिमा हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । कागेश्वरी नगरपालिकाका मेयर उपेन्द्र कार्कीले खेलकुदलाई प्रवद्र्धन गर्न सके देशकै अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिने धारणा राख्दै कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्ट्स हब नगरका रुपमा विकास गर्न चाहेको बताए । उनले प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
समन्वय समितिका प्रमुख बुढाथोकीले स्थानिय तहसंग समन्वय गरी विभिन्न कार्यक्रमसहित खेलकुदमा पनि सहकार्य गर्दै आएको बताउदै खेलाडीलाई स्वदेशमै टिक्ने वातावरण बनाउन स्थानिय तहको पनि ठूलो भूमिका रहने बताए । बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष पुरीले समन्वय समितिका प्रमुख बुढाथोकीकै पहल र अग्रसरतामा विभिन्न पालिकासंग सहकार्य गरी लिग आयोजना गर्न सम्भव भएको बताउदै उनको कार्यको प्रशंसा गर्दै धन्यवाद दिए ।
पत्रकार सम्मेलनमा शीर्ष तीन स्थानमा रहने टिमलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । दुईदिने प्रतियोगिताका खेलहरु थलीस्थित आयोजक कागेश्वरी नगरपालिकाको हातामा खेलाइने छ । यसअघि नागार्जुन, टोखा, बूढानीलकण्ठ र तार्केश्वर नगरपालिकामा लिग भएको थियो ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?