
काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ । मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि ९ विकेटको जित निकालेको हो ।
जितको लागि मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाललले जवाफी गर्दा गर्दै गर्दै वर्षा भएको थियो । त्यसपछि निर्धारित ५० ओभरको खेललाई छोट्टाएर ४८ ओभरमा झारिएयो । त्यससँगै नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गर्यो । उक्त लक्ष्य नेपालले २८ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १६१ रनको योगदान दिए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गर्दै १६१ रन बनाएका हुन् ।
त्यस्तै अर्जुन कुमाल ६१ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए । त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । यही भदौ १४ गतेदेखि मलेसियामा नै आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी स्वरुप नेपालले उक्त अभ्यास खेल खेलेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसियासँगै हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा भने संयुक्त अबर इमिरेट्स (युएई), ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित