
काठमाडौं । कप्तान शुभमन गिलको शानदार दोहोरो शतक र रोहित शर्माको शतकको मद्दतमा भारतले दोस्रो एकदिवसिय क्रिकेटमा कीर्तिमानी जित निकालेको छ । भारतले वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसिय खेलमा ४०६ रनको कीर्तिमानी लक्ष्य २ विकेट गुमाएर पुरा गरेको हो ।
बुधबार गुवाहाटीमा भएको खेलमा भारतले ४३.३ ओभरमा २ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो । गिल र रोहित मिलेर पहिलो विकेटका लागि २५५ रनको ठोस साझेदारी गरेका थिए । गिल १३३ बलमा २२३ रन बनाएर अविजित रहे । रोहितले १०१ रन बनाए । रुतुराज गायक्वाडले अविजित ३१ रन बनाए भने विराट कोहलीले २९ रन बनाए ।
यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ४०५ रनको विशाल योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका तीन खेलाडिले शतक प्रहार गरे । ओपनर जोन क्याम्पबेल, कप्तान शाइ होप र अमिर जाङ्गोले शतक बनाएका हुन् । क्याम्पबेलले ६८ बलमा ९ चौका र ५ छक्कासहित १०१ रन बनाए । होपले ९४ बलमा १०४ तथा जाङ्गोले ७७ बलमा ११४ रन बनाए । रस्टन चेस २९ रनमा अविजित रहे ।
भारतका लागि गुर्नुर ब्रार, रविन्द्र जडेजा र कुलदीप यादवले २–२ विकेट लिँदा प्रसिध कृष्णाले १ विकेट लिए । यसअघि भारतको सर्वाधिक सफल रन चेज सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध पूरा गरेको ३६० रनको लक्ष्य रहेको थियो । जुन लक्ष्यलाई बुधबार भारलते तोडेको छ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद