
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्सको एपरेल पार्टनरका रूपमा एभर राइज स्पोर्टस प्रालि आबद्ध भएको छ । कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र एभर राइज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यो सम्झौतासँगै कर्णालीले तेस्रो सिजनको एनपीएलमा एभर राइजको पोशाक लगाउने छ । गत संस्करण पनि एभर राइज नै कर्णालीको एपरेल पार्टनर रहेको थियो । एभर राइज भारतीय स्पोर्टस वेयर कम्पनी हो । सम्झौतापछि कर्णाली याक्सका निर्देशक मल्लले लगातार दोस्रो वर्षको सहकार्यको लागि एभर राइजलाई धन्यवाद दिए ।
एभर राइजका निर्देशक शेख मोहम्मद सभमनले लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्सले मिनि अक्सनबाट १३ खेलाडी टोलीमा अनुबन्धित गरिसकेको छ । एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ तारिखदेखि शुरू हुँदैछ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद