
काठमाडौं । बोरुसिया डर्टमुण्डले अमेरिकामा जारी क्लब विश्व कपको नकआउट चरणमा प्रवेश गरेको छ । दक्षिण कोरियाली क्लब उल्सान एचडीलाई १–० ले हराएपछि समूह एफको विजेता बन्दै डर्टमुण्ड अन्तिम १६ मा पुगेको हो ।
निको कोभाचको टोली सिन्सिनाटीमा भएको समूह चरणको अन्तिम खेलमा मैदान उत्रँदा, नकआउट चरणमा पुग्नका लागि बराबरी नतिजा नै पर्याप्त हुने स्थिति थियो । बैंक अफ अमेरिका स्टेडियममा ३६ औं मिनेटमा डानियल स्वेन्सनको गोलमा डर्टमण्डले अग्रता लिएको थियो ।
समूह एफकै अर्को खेलमा ब्राजिलको फ्लुमिनेन्सेले दक्षिण अफ्रिकी क्लब ममेलोडी सन्डाउन्ससँग गोलरहित बराबरी खेल्दै समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ । डर्टमुण्डले ७, फ्लुमिनेन्सले ५, सन्डाउन्सले ४ अंक बटुल्दा उल्सान अंक विहिन रह्यो ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल