
काठमाडौं । साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरोको फाइनल पुगेको छ । फेरि एक पटक अविश्वसनीय पुनरागमनका साथ अतिरिक्त समयमा इटालीलाई २–१ ले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो ।
मिचेल अजेमेंगले इन्जुरी समयको छैंटौं मिनेटमा बराबरी गोल गर्दै इंग्ल्याण्डलाई खेलमा कायम राखिन् । अतिरिक्त समयको एक मिनेट बाँकी हुँदा अर्की विकल्प खेलाडी क्लोइ केलीले गरेको गोल खेलको निर्णायक बन्यो । आफैले प्रहार गरेको पेनाल्टीको रोकेपछि रिबाउन्ड केलीले गोलमा गर्दै टोलीको फाइनल यात्रा तय गराइन् ।
स्विजरल्याण्डमा वैकल्पिक खेलाडीले फेरि एक पटक उच्च प्रदर्शन गर्दा सारिना विगम्यानको टोलीले आफ्नो उपाधि रक्षा गर्ने योजनाबाट एक कदम मात्रै टाढा रहेको छ । १९ वर्षिय अजेमेंगले प्रतियोगितामा दोस्रो गोल गरेकी हुन् । दुबै पटक बेन्चबाट मैदान छिरेर उनले गोल गरेकी हुन् । उनले गोलकिपर लारा जुलियानीलाई छकाउँदै गोल गरिन् ।
३३ औं मिनेटमा बारबरा बोनान्सियाले गोल गर्दै इटालीलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि इंग्ल्याण्डकी प्रशिक्षक विगम्यानले आफ्नो भरपर्दो बेन्च खेलाडीमा भरोसा गरिन् । उनीहरुले अपेक्षाअनुसार प्रदर्शन गरे । फाइनल खेल आइतवार बासेलमा हुनेछ । जहाँ इग्ल्याण्डले जर्मनी वा स्पेनसँग फाइनल खेल्नेछ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम