
काठमाडौं । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । लिनले २९३ वटा टी–२० खेलमा आठ हजारभन्दा बढी रन बनाएका छन् ।
आक्रामक ब्याटिङका लागि चर्चित लिनले अष्ट्रेलियाबाट १८ वटा टी–२० अन्तर्राष्ट्रिय र चार वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन् । लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै छक्का बनाउने खेलाडी हुन् । उनीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका धेरै फ्रेन्चाइज लिगहरुमा समेत खेलिसकेको अनुभव छ ।
टोलीका मालिक स्वतन्त्र प्रताप शाह क्रिस लिन टोलीमा सामेल हुँदा टोली मजबुत बन्नुका साथै एनपीएलको प्रतिष्ठा समेत बढेको बताए । क्रिस लिनले पनि एनपीएलमा खेल्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । साथै उनले नेपाली क्रिकेटप्रेमी र प्रतिभाशाली खेलाडीहरूसँग खेल्दा एनपीएल खेल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह