
काठमाडौं । बार्सिलोनासँग किशोर स्टार लमिन यमलले पाँच वर्षको सम्झौता थप गरेका छन् । सोमबार १७ वर्षीय यमलले सन् २०३१ सम्मका लागि क्लबसँग सम्झौता थप गरेका हुन्। उनले यस सिजन बार्सिलोनालाई घरेलु ट्रेबल (ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप) जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
उनका गोल, ड्रिब्लिङ र प्लेमेकिङ क्षमताले क्याटालान क्लबले यो सिजन उक्त सफलता हात पारेको हो। झन्डै दुई साता अघि उनले बार्सिलोनालाई ला लिगाको २८औं उपाधि दिलाउन निर्णायक गोल गरेका थिए। बार्सिलोना यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पनि पुगेको थियो। यो सानदार सिजनमा उनले कुल १८ गोल गरे। ला लिगामा १३ असिस्ट पनि गरे। गत समरमा स्पेनलाई युरोपियन च्याम्पियन बनाउँदा पनि उनले उल्लेखनीय योगदान दिएका थिए।
यमल जुलाईमा १८ वर्ष पुग्नेछन्। उनले अप्रिल २०२३ मा क्याम्प नोउमा बार्सिलोनाका लागि डेब्यू गरेका थिए। अहिलेसम्म १०६ खेलमा क्लबको प्रतिनिधित्व गरिसकेका छन्। बार्सिलोनाले एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै लेखेको छ,‘सन् २०३१ मा यमल मात्र २३ वर्षका हुनेछन्।’ यसले यमलको युवा उमेरमा नै विश्व फुटबलमा देखिएको प्रभावलाई झल्काउँछ। यमल सात वर्षको उमेरमै बार्सिलोनाको प्रसिद्ध ‘ला मासिया’ एकेडेमीमा भर्ना भएका थिए। अहिले उनी क्लबका भविष्यका मुख्य स्टारको रूपमा हेरिएका छन्।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह