
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । सुरुका तीन खेलमा लगातार जित निकालेको विराटनगर आज भएको खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो ।
चितवनले दिएको १७५ रनको लक्ष्य सहिज जबाफि ब्याटिङ गरेको विराटनगर १६.५ ओभरमा १२६ रनमा अलआउट भयो । विराटनगरका लागि मर्चेन्ट डे लाङ्गेले सर्वाधिक ३९ रनको पारी खेले । त्यस्तै प्रतिश जिसीले ३० रन बनाए भने साम हिजलेट २२ रनको योगदान दिए । अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । चितवनका लागि रन्जित कुमार एक्लैले ५ विकेट लिए । त्यस्तै कमलसिंह ऐरिले २ विकेट लिए भने सोहेल तनबीर, कुशल मल्ल र सैफ अली जैबले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनायो । चितवनका लागि रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाए । बोपाराले सर्वाधिक ६५ रन बनाए । त्यस्तै सैफ अली जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले २० रनमा अविजित रहे ।
बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई÷दुई तथा शुभम रन्जानले एक विकेट लिए । सुरुवाती १० ओभरमा ७५–३ को अवस्थामा रहेको चितवनले अर्को १० ओभरमा ९९ रन जोडेको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व