
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा हिजो दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड फाइनलमा पुगेको हो ।
अब आउँदो आइतवार हुने फाइनल खेलमा न्युजिल्यान्ड र भारत भिड्नेछन् । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट अघि बढ्न सकेन । ३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रन मात्र बनायो ।
दक्षिण अफ्रिकाका डेविड मिलरले नटआउट १०० रन बनाए । रस्सिभानडर दुसेन ६९ र कप्तान तेम्बा बावुमाले ५६ रन जोडे । न्युजिल्याण्डका लागि कप्तान मिचेल सान्टनरले ३, म्याट हेनरीले २, रचिन रविन्द्र र माइकल ब्रेसवेलले समान १ विकेट लिए ।
त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो । उसका लागि रचिन रविन्द्रले सर्वाधिक १०८ रन बनाए । केन विलियमसनले १०२ रन जोडे । दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट र कागिसो राबडाले २ विकेट लिए । फाइनल खेल दुबईमा हुनेछ ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन